पोर्चुगलका लागि राहदानीको एपोइन्टमेन्ट फारम खुलेकोबारे अत्यन्त जरुरी सूचना !

पोर्चुगलका लागि राहदानीको एपोइन्टमेन्ट फारम खुलेकोबारे अत्यन्त जरुरी सूचना !
पोर्चुगलमा नेपाली रहादानीको समस्या समाधानका लागि यही २९ मार्च २०२३ देखि २५ अप्रिल २०२३ सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सबैमा जानकारी गराइन्छ । यसका लागि राहदानी विभाग र पेरिसस्थित नेपाली राजदूतावासले एपोइन्टमेन्ट फारम https://fr.nepalembassy.gov.np/epassport/ खुला गरेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छौं । फारम खुला भइसकेकोले राजदूतावासले तोकेको कार्यविधीमा रहेर फारम भर्न अवैतनिक नेपाली महाबाणिज्य दूतको कार्यालय लिस्वन हार्दिक अनुरोध गर्दछ ।

१.जैविक तथ्याङ्क दिन लिस्वनस्थित संकलन केन्द्रमा आउदा निम्नानुसारका कागजात साथमा ल्याउनुपर्नेछः

(क) दरखास्त फाराम भरेपछि प्राप्त हुने बारकोड तथा QR कोड सहितको फारामको प्रिन्ट एक प्रति;
(ख) नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल र सोको फोटोकपी एक प्रति;
(ग) नाबालिगको हकमा जिल्ला वा इलाका प्रशासन कार्यालयबाट जारी गरिएको नाबालिग परिचयपत्रको सक्कल र सोको फोटोकपी एक प्रति र आमाबाबु दुबैको नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरू;
(घ) पुरानो राहदानीको सक्कल र फोटोकपी एक प्रति; र
(ङ) राहदानी हराएको भए प्रहरी प्रतिवेदनको एक प्रति ।

पोर्चुगलमा जन्मिएका नेपाली बालबालिकाहरूको पहिलो पटक राहदानीका लागि आवेदन दिने विशेष व्यवस्थाः
(क) अस्थायी नम्बर लिनुपर्नेः
नेपालीआमा–बाबुबाट पोर्चुगलमा जन्मेका सन्तानको हकमा नाबालिग परिचयपत्र नहुने भएकोले जन्म दर्ताको प्रमाणपत्रलाई मुख्य आधार मानी राजदूतावासले दर्ता किताब खडा गरी अस्थायी दर्ता नम्बर प्रदान गर्दछ, जुन नम्बर नागरिकता भनेको महलमा उल्लेख गर्नु पर्दछ । यसका लागि निम्न अनुसारका थप कागजातहरू आवश्यक पर्दछन्ः

(अ) आमा बाबुको नागरिकताको प्रमाणपत्रका प्रतिलिपिहरू एक÷एक प्रति,
(आ) आमा बाबुको राहदानीका प्रतिलिपिहरू एक/एक प्रति,
(इ) आमा बाबुको विवाहदर्ताको प्रमाणपत्रको प्रतिलिपि एक प्रति, र
(ई) नाबालिकको जन्म दर्ताको सक्कल र सोको प्रतिलिपि एक प्रति,
(उ) नाबालिकको हालै खिचेको पासपोर्ट आकारको फोटाहरू दुई प्रति ।

२. एपोइन्टमेन्ट लिइसकेपछि दरखास्त फाराम र कागजपत्रको ब्यहोरा अग्रिम रूजु गर्न त्तच् कोड सहितको दरखास्त फाराम, नेपाली नागरिकताको प्रमाणपत्र, नाबालिक परिचयपत्र र पुरानो राहदानीको कलर स्क्यान गरी epppt2023@gmail.com मा इमेल गरी पठाउनु पर्नेछ । नावालिकहरूको हकमा बाबुआमाको नागरिकता समेत स्क्यान गरी पठाउनु पर्नेछ ।
क. दरखास्त फाराम भर्ने र एपोइन्टमेन्ट लिने तरिका बारेका अधिकांश जानकारी नेपाली राजदूतावास, पेरिसको वेब साइटमा उल्लेख भएसरह नै हुनेछ ।
ख. दरखास्त फाराम भर्न शुरू गरेको आधा घण्टा भित्र भरिसक्नु पर्ने भएकोले फाराम भर्न शुरू गर्नु अघि नागरिकताको प्रमाणपत्र/नावालिक परिचयपत्र, पुरानो राहदानी र राहदानी हराएको भए प्रहरी प्रतिवेदनमा PDF वा JPG फरम्याटमा कलरस्क्यान गरी तयारी अवस्थामा राख्नुहोला । नावालिक परिचयपत्र नभएका बालबालिकाहरूको हकमा पोर्चुगिज सरकारले जारी गरेको जन्मदर्ताको कागज, बाबुआमाको बिबाहदर्ता प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत स्क्यान गर्नुपर्नेछ । एउटा कागजको फाइल साईज 300 kB भन्दा बढी हुनुहुँदैन ।

अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय, लिस्वन

E-PASSPORT /(राहदानी) बारे जरुरी सूचना

पोर्चुुगलमा राहदानी सेवा उपलब्ध गराउनेबारेको अत्यन्त जरुरी सूचना !
पोर्चुुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासका प्रतिनिधी एवं राहदानी विभागबाट आउने टोलीले यही २९ मार्च २०२३ (१५ चैत्र २०७९) देखि २५ अप्रिल २०२३ सम्म जैविक तथ्यांक संकलन गर्ने ब्यहोरा सबैको जानकारीका लागि सूचना गरिएको छ । दरखास्त संकलनको कार्य शनिबारबाहेक अन्य प्रत्येक दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म रहने ब्यहोरा पनि जानकारी गराइन्छ 

सुचना ।

लिस्बन ,पोर्चुगलका लागी अवैतनिक बाणिज्यदुत श्री मकर बहादुर हमाल ज्यु लाई पितृ शोक परेका कारण आकस्मिक रुपमा नेपाल प्रस्थान गर्नु पर्ने भएकोले यस कार्यालय बाट प्रदान गरिंदै आएका सेवाहरु १७ / ०७ /२०१७ देखी १० /०८ / २०१७ सम्म प्रभावित हुने जानकारी गराइन्छ । । तथापी अवैतनिक बाणिज्यदुत श्री हमाल ज्युको अनुपस्थितीमा यस कार्यालय बाट दिंदै आएका सेवाहरु लाई के कसरी निरन्तर्ता दिन सकिन्छ भन्ने बिषयमा पोर्चुगल को परराष्ट्र मंत्रालय सँग सल्लाह परामर्ष गरी रहेको समेत जानकारी गराउन चाहन्छौं । असुबिधाको लागी क्षमा प्रार्थी छों ।

नेपाली अवैतनिक बाणिज्यदुतको कार्यालय लिस्बन, पोर्चुगल ।

महामहिम राजदुत अम्बिका देबी लुइटेलज्यु लिस्बन आउनु हुने सम्बन्धी सुचना !!!

यही जुन ७ तारिख बुधबार  नेपाली राजदुतावास, पेरिस फ्रान्सबाट महामहिम राजदुत अम्बिका देबी लुइटेलज्यु लिस्बन आउनु हुने भएकोले राजदुताबासबाट हुने अधिकृत वारेसनामा, अख्तियारिनामा,संबन्ध बिच्छेद लगायतका बिबिध कागजात प्रमाणिकरणको सेवा लिन चाहनु हुने पोर्चुगलबासी नेपाली दिदिबहिनी तथा दाजुभाइहरुले उक्त दिन अपरान्ह ३:३० बजे देखी ६ बजेसम्म नेपाली कन्सुलेट, लिस्बनमा उपस्थित भएर सेवा लिनु हुन अनुरोध गर्दछौं।

पुनश्च-: अधिकृत वारेसनामा, अख्तियारिनामा लगायतका कागज पत्रहरु प्रमाणिकरणको  लागी यही मे महिनाको ३१ तारिख भित्र आफ्नो प्रमाणिकरण गर्नु पर्ने सक्कल कागज पत्र नेपाली अवैतनिक बणिज्यदुतावास, लिस्बनमा बुझाइसक्नु पर्ने छ । 

 

नया बर्ष २०७४ को शुभकामना आदानप्रदान तथा बनभोज कार्यक्रम सम्बन्धी सुचना …. !!

नयाँं बर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना सहित पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरु बीच भेटघाट, परिचय तथा शुभकामना आदान प्रदान एबम बनभोज सहित नयाँँ बर्ष हर्षोल्लास पूर्वक मनाउने कार्यक्रमको आयोजना गरिएको हुँदा उक्त कार्यक्रममा उपस्थितिको निम्ती पोर्चुगलमा रहनु हुने सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाइहरुलाई नेपाली कन्सुलेट लिस्बन, पोर्चुगल हार्दिक निमन्त्रणा गर्दछ।

मिती: १४ अप्रिल २०१७ (नयाँ बर्ष, १ बैशाख २०७४), शुक्रबार

समय: अपरान्ह ३ देखी ६ बजे सम्म

स्थान: पार्क जोसे गोमेस फेरेइरा, अल्भलादे (अल्भलादे पार्क)

प्रबेस: खुला, निशुल्क

(पुनश्च- पोर्चुगलमा रहेका सम्पूर्ण संघसंस्था तथा पत्रकारज्युहरु: समयभाबको कारणले पत्राचार गर्न असमर्थ रहेकोले यसै सुचनाको आधारमा आ-आफ्ना संस्था / मेडियामा सुचना प्रबाह गरी दिनु हुन अनुरोध छ्।)

Visita da Embaixadora do Nepal

Informamos que no dia 16 de Janeiro de 2017 recebemos a visita da Exma. Sra. Embaixadora do Nepal em França.

नेपाल एम्बेसी पेरिस फ्रान्सबाट यहि जनवरी १६ सोमबारका दिन दिनको ४ बजेदखि ६ बजेसम्म  महामहिमज्युको लिस्बनमा उपस्थिति हुनेभएको हुदा यहाहरुको अधिकृत वारिसेनामा सम्बन्धि तथा अन्य अरु कागजी कारवाही सम्बन्धि जिज्ञासा भएमा वा  बुझाउनुपरेमा अथवा सल्लाह सुझाब लिनुपरेमा उक्त दिनमा कार्यालयमा आइदिनुहुन अनुरोध गरिन्छ|

धन्यबाद|

नेपाली कन्सुलेट लिस्बोन