विनाशकारी भूकम्पबाट पीडित परिवारलाई आर्थिक सहयोग गर्नेबारेको अत्यन्त जरुरी सूचना !

विश्व कोरोना महामारीका बेला अवैतनिक नेपाली महाबाणिज्य दूतावासको संयोजकत्वमा कोरोना राहत तथा जनचेतना समिति गठन भएको व्यहोरा पोर्चुगलस्थित संघ संस्था, बैचारिक संगठन एवं सबै नेपाली समुदायलाई सर्वविद्धितै छ । यसक्रममा कोरोनाबाट नेपाली समुदायमा उत्पन्न समस्या र जोखिम न्यूनिकरणका लागि रकम संकलन गरिएको व्यहोरा पनि सर्वविद्धितै छ । यस अभियानबाट बाँकी भएको ५ हजार ४ सय ७५.३२ यूरोमध्ये रु. ४ लाख (नेपाली रुपैयाँ) नेपालस्थित कर्णाली प्रदेशमा मिति २०८० कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट पीडित परिवारलाई सरकारी राहतकोषमार्फत पठाउने निर्णय गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।

अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय, लिस्वन, पोर्चुगल