नेपाल एवम् पोर्चुगल मा अधिकार सम्पन्न कुटनैतिक नियोगको स्थापना का लागि पहल तथा अन्य विविध समस्याको उचित समाधान र पोर्तुगलमा बस्दै आउनुभयको नेपालीहरुको तथ्याङ्कमा एकरुपताको लागि नेपाली वाणिज्य दूतावास लिस्वन, एनआरएनए पोर्तुगल र यहाँ स्थित सम्पूर्ण नेपाली संघ संस्थाको संयुक्त पहल तथा सहकार्यमा पोर्तुगलमा बस्दै आउनुभयको नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुको तथ्याङ्क संकलन को सुरुवात गरिने भयको छ। वाणिज्य दूतावास को पहलमा ७ जनवरी २०१६ मा सम्पन्न एक सर्वपक्षिय बैठक ले यो कार्यलाई तिब्रता दिने निर्णय गरेको हो । सोही कार्यलाई सहजताको लागि वाणिज्य दुत श्री मकर बहादुर हमाल ज्यूको संयोजकत्वमा विभिन्न संघ संस्थाका प्रतिनिधिको सदस्यता सहितको समिती गठन गारि प्रक्रियाको थालनी गरियो।